• गृहपृष्ठ
  • एनसीसी बैंकको “१०.५० प्रतिशत एनसीसी ऋणपत्र २०८६” निष्काशन सम्झौता

एनसीसी बैंकको “१०.५० प्रतिशत एनसीसी ऋणपत्र २०८६” निष्काशन सम्झौता

Dec 12th, 2019

काठमााडौ, मंसिर २६

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड, बागबजार, काठमाण्डौंको “१०.५० प्रतिशत एनसीसी ऋणपत्र २०८६” निष्काशन गर्न सम्झौता भएको छ । बैंकले तीन अर्ब बराबरको डिबेन्चर १०.५० प्रतिसत व्याज सहित दश वर्षको लागि निष्काशन गर्न नबिल इन्भेष्टमेन्ट बैंकिंङ्ग लिमिटेड, नक्साल काठमाण्डौंलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । कूल ३०,००,००० कित्ता डिबेन्चरमध्ये १८,००,००० कित्ता डिबेन्चर व्यक्तिगत तवरबाट र १२,००,००० कित्ता डिबेन्चर सर्वसाधारणमा निष्काशन गरिनेछ ।

उक्त कार्यको लागि बुुधबार नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र नबिल इन्भेष्टमेन्ट बैंकिंङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठका बीच नेपाल क्रेडिट एण्ड कमर्स बैंक बागबजार, काठमाण्डौंमा डिबेन्चर शेयर निष्काशन गर्ने सम्झौता गरिएको बैंकले जानकारी दिएको छ ।