• गृहपृष्ठ
  • आगामी दुई वर्षभित्र प्रदेशका सबै गाउँ–बस्तीमा सडक, बिजुली र खानेपानी

आगामी दुई वर्षभित्र प्रदेशका सबै गाउँ–बस्तीमा सडक, बिजुली र खानेपानी

Dec 11th, 2019

बागलुङ, २५ मङ्सिर ९रासस)

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले आगामी दुई वर्षभित्र प्रदेशका सबै गाउँ–बस्तीमा सडक, बिजुली र खानेपानीको सुविधा पु¥याइने बताउनुभएको छ । गलकोट नगरपालिका–११ स्थित रत्नलक्ष्मी माविको ६०औँ वार्षिकोत्सव एवं हिरक महोत्सवको आज उद्घाटन गर्दै उहाँले भन्नुभयो, “बजेट, कार्यक्रम पनि पूर्वाधार विकासमा बढी लक्षित छ ।”

मन्त्री गुरुङले कृषिमा अनुदान, आधुनिकीकरण र उद्यमशीलता विकासमा प्रदेश सरकारले लगानी बढाएको उल्लेख गर्नुभयो । गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवाको प्रत्याभूतिका लागि पनि प्रदेश सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ छ । मन्त्री गुरुङले भौतिक संरचना अभावका कारण शिक्षाबाट वञ्चित हुने अवस्था सिर्जना हुन नदिइने बताउनुभयो । उहाँले शिक्षा क्षेत्रलाई राजनीतिको प्रभावबाट मुक्त राख्नुपर्ने धारणा राख्नुभयो ।