• गृहपृष्ठ
  • काठ चोरी निकासी मुद्दाका फरार प्रतिवादी पक्राउ

काठ चोरी निकासी मुद्दाका फरार प्रतिवादी पक्राउ

Dec 11th, 2019

बारा, मंसिर २५


एक सदस्यीय वन संरक्षण विशेष अदालत जिल्ला वन कार्यालय रौतहटको २०४९ जेठ २६ गतेको फैसलाले खयर काठ चोरी निकासी मुद्दामा १ वर्ष कैद र ५ हजार ५ सय ४७ रुपैयाँ ५० पैसा जरिवाना ठहर भई फरार रहेका कोल्हवी नगरपालिका(९ बस्ने ५४ वर्षीय हरिचन्द्र चौधरीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोल्हवी बाराबाट खटिएको प्रहरी टोलीले लुकीछिपी बसेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो ।

यसैगरी जिल्ला अदालत बारा कलैयाको २०७३ असार ९ गतेको फैसलाले काठ चोरी निकासी मुद्दामा १ वर्ष कैद र ५ हजार ७ सय ८९ रुपैयाँ जरिवाना ठहर भई फरार रहेका कलैया उपमहानगरपालिका २ बस्ने हरेराम महतोलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले लुकीछिपी बसेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो ।

दुवै जनालाई जिल्ला अदालत बारामा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय वीरगंज पर्सा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।