• गृहपृष्ठ
  • गण्डकी विकास बैंकको एकै दिन तीन शाखा थपिए

गण्डकी विकास बैंकको एकै दिन तीन शाखा थपिए

Dec 11th, 2019

काठमाडौ, मंसिर २५

गण्डकी विकास बैंक लिमिटेडले आजदेखि थप ३ नँया शाखा सञ्चालनमा ल्याएको छ । बैंकले चन्दननाथ न.पा.वडा नं. ५ खलंगा स्थित जुम्ला शाखाको औपचारिक उद्घाटन गर्नुका साथै पोखराको बाझापाटन र काठमाण्डौको मैतिदेवि शाखाबाट वित्तीय कारोवारको शुभारम्भ गरेको छ । यो सगै देशका विभिन्न जिल्लामा गरि बैंकको ९१ वटा शाखाहरुबाट वित्तीय कारोवार उपलब्ध हुनेछ ।

जुम्ला शाखाको औपचारिक उद्घाटन चन्दननाथ नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष अर्जुन सिंह कठायत र बैंकका सञ्चालक नारायण बहादुर बानियाले संयुक्त रुपमा रिवन काटेर गर्नुभएको थियो । आफ्नो मन्तव्य व्यक्त गर्दे वडा अध्यक्ष कठायतले जुम्लावासीले पक्कै पनि गण्डकी विकास बैंकका सेवा सुविधाको लाभ लिनेछन् र बैंकको उपस्थिति फलदायी हुनेछ भन्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापा, जुम्ला उद्योग वाणिज्य संघका महासचिव अनिल रोकाय, समाजसेवी तथा पूर्व बैंकर खुमीलाल रोकाय, जिल्ला सहकारी संघका प्रतिनिधि हिक्मत बुढथापा, पत्रकार महासंघ जुम्लाका सदस्य तथा नेपाल टेलिभिजन जुम्लाका सम्वाददाता कर्ण भण्डारी, लगायत पत्रकार,समाजसेवी तथा स्थानिय वासिन्दाहरुको उल्लेख्य सहभागीता रहेको थियो । कार्यक्रममा व्यापारी तथा समाजसेवी मिन प्रसाद पौडेल तथा जुम्ला उद्योग वाणिज्य संघका महासचिव अनिल रोकायले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने बैंकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले बैंकको गतिविधिको बारेमा प्रष्ट पार्नुभएको थियो ।

यो सँगै बैंकका ९१ वटै शाखाहरुबाट पूर्ण वैकीङ्ग सुविधा प्रदान भैरहेको छ । बंैकले उक्त शाखाहरुबाट निक्षेप संकलन, कर्जा प्रवाह गर्नुका साथै एबिबिएस, एटिएम, सि आस्वा, मोवाईल बैकिङ, लघुवित्त सेवा, रेमिट्यान्स लगायतका सेवाहरु प्रदान गरिरहेको छ ।