समूहमा सातै प्रदेशको प्रतिनिधित्व

Dec 11th, 2019

काठमाडौँ, २५ मङ्सिर (रासस)

महिला र समावेशीका मुद्दामा सक्रियरूपमा आवाज उठाउँदै आएको महिला सभासद् तथा सांसद समूहको नयाँ कार्यसमिति चयन भएको छ । समूहको आजको बैठकबाट चयन भएको नयाँ कार्यसमितिमा मुलुकका सातवटै प्रदेशबाट प्रतिनिधित्व हुने व्यवस्था मिलाइएको छ ।

नवगठित कार्य समितिमा उषाकला राई, निलम वर्मा, कल्पना राणा, आशा कोइराला, दामा शर्मा, पुष्पा भुसाल, मोहमदी सिद्धिकी, कमला विश्वकर्मा, विमला केसी, कुन्ती शाही र रुपा चौधरी रहनुभएको छ ।

नेपाल कानून समाजमा रहेको उक्त समूहको सचिवालयले संविधानसभामा महिलाको हकहित र अधिकार स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो । नयाँ कार्यसमितिले महिला सांसदको योगदान र चुनौती तथा स्थानीय तहमा निर्वाचित महिला पदाधिकारीको योगदानसम्बन्धी विषय समेटी प्रतिवेदन बनाएर सार्वजनिक गर्ने निर्णय गरेको छ ।