लागूऔषध सहित पक्राउ

Dec 11th, 2019

पर्सा, मंसिर २५

वीरगंज महानगरपालिका १६ नगवा पोखरीबाट अवैध लागूऔषध चरेश करिब ३ केजी सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा धादिङ गजुरी गाउँपालिका ८ बस्ने ३४ वर्षीय नचेङ तामाङ र भारत कलकत्ता मेचिया बुरुस घर भएका ४३ वर्षीय शेफ खान रहेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरुलाई जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।