• गृहपृष्ठ
  • जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ

Dec 11th, 2019

काठमाडौं, मंसिर २५

काठमाडौं महानगरपालिका २९ अनामनगर बस्ने डिलकुमार लामाको कोठामा जुवातास खेलिरहेको अवस्थामा काठमाडौं अनामनगर बस्ने ४६ वर्षीय प्रेमराज शर्मा लगायत पाँच जनालाई नगद ९४ हजार रुपैयाँ र तास सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरीले उनलाई जुवातास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।