• गृहपृष्ठ
  • १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ

Dec 11th, 2019

काठमाडौं, मंसिर २५

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा काठमाडौं महानगरपालिका ६ बौद्ध रामहिटी बस्ने २४ वर्षीय सोनाम दोर्जेलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

दोर्जेले ती बालिकालाई यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।