• गृहपृष्ठ
  • समुदाय प्रहरी साझेदारी अन्तर्गत विविध कार्यक्रम सम्पन्न

समुदाय प्रहरी साझेदारी अन्तर्गत विविध कार्यक्रम सम्पन्न

Dec 11th, 2019

बर्दिया, मंसिर २५

समुदाय प्रहरी साझेदारी अन्तर्गत ‘समानताको पुस्ता, बलात्कार बिरुद्ध एक्यबद्धता’ भन्ने मूल नाराकासाथ राजापुर नगरपालिकामा बृहत र्यानली मंगलबार सम्पन्न भएको छ ।

ईलाका प्रहरी कार्यालय राजापुर बर्दियाको आयोजना र राजापुर नगरपालिकाको सहकार्यमा शुरु भएको उक्त र्या ली राजापुर बजार परिक्रमा गरी राजापुर चोकमा पुगेर कोणसभामा परिणत भएको थियो र्। यालीमा ‘हिंसा हुने कारणहरु, लैङ्गिक हिंसा अपराधको जननी हो यसको अन्त्य गरौ’ भन्ने लेखिएको पर्चापम्पलेट समेत वितरण गरिएको थियो । साथै बृहत र्याैली पश्चात आयोजित कार्यक्रममा सहभागीहरुवीच अन्तरक्रिया समेत गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

कार्यक्रममा राजापुर नगरपालिकाका उप प्रमुख मनकला थारु, बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने, जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक राजेशनाथ बास्तोला, राजापुर नगरपालिका(अन्तर्गतका सरकारी तथा गैह्र सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, स्थानीय तहका जनप्रतिनिधिहरु, स्थानीय संचारकर्मीहरु, बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु, बिद्यार्थीहरु तथा स्थानीय भद्रभलादमीहरुको सहभागिता रहेको थियो ।

साथै गुलरिया नगरपालिका ६ स्थित सोही नगरपालिकाको सभाहल, मधुवन नगरपालिका ६ बसपार्क, बाँसगढी नगरपालिका ५ स्थित वडा कार्यालयको प्रागङणमा, सोही नगरपालिका ९ माछागढ, बारबर्दिया नगरपालिका ६ स्थित वडा कार्यालयको प्राङ्गणमा, ठाकुबाबा नगरपालिका ३ बटनाह, गेरुवा गाउँपालिका ५ पशुपतिनगर, बढैयाताल गाउँपालिका ६ स्थित सोही गाउँपालिकाको सभाहलमा र सोही गाउँपालिका ८ मैइरबस्तीमा समेत छुट्टाछुट्टै सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाले विशेष कार्यक्रमको रुपमा लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानलाई ८ वटा स्थानिय तहका सबै वडाभित्र हिंसाबाट पीडित समूहलाई लक्षित गरी सचेतनामूलक कार्यक्रम संचालन गर्दै आइरेहको उक्त कार्यालयले जनाएको छ ।