नेप्सेमा हरियाली

Dec 11th, 2019

काठमाडौ, मंसिर २५

नेप्सेमा आज बुधबार पनि हरियाली देखिएको छ । नेप्से आज १० दसमलव ११ अंकले बढेर ११ सय ६१ दसमलव ४७ अंकमा पुुगेको छ भने सेन्सिटिभ पनि एक दसमलव ६९ अंकले बढेर दुुई सय ५५ दसमलव १९ अंकमा पुुगेको छ । नेप्सेमा आज एक सय ७३ कम्पनीहरुको सात ह जार एक सय ७२ वटा कारोवारमा २० लाख ४३ हजार छ सय पाँच कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम ५५ करोड १३ लाख ७७ हजार आठ सय ५२ रुपैयाँ पुुगेको छ ।

आज १२ वटा समुहको कारोवार हुदा उत्पादनमुुलक समुहको सुचक घटेर बाँकी समुहको सुचक बढेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक चार दसमलव २७ अंकले बढेर एक हजार ४६ दसमलव १५ अंंकमा चढेको छ भने बिकास बैंक समुहको सुचक पनि १६ दसमलव आठ अंकले बढेर १५ सय ८६ दसमलव २९ अंकमा चढेको छ । जलबिद्युुत, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल, फाईनान्स, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक आज बढेर हरियो भएकाछन ।

कमाउने कम्पनीको सुचीमा आज पहिलो स्थानमा नेपाल सेवा लघुुबित्त बित्तीय संस्था परेको छ भने गुमाउने कम्पनीको सुचीमा युनिलिभर नेपाल लिमिटेड पहिलो स्थानमा परेको छ । रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज नेपाल बंगलादेश बैंकको संस्थापक सेयर पहिलो स्थानमा परेको छ ।