• गृहपृष्ठ
  • दराजद्धारा किनमेल मेला ‘१२.१२’ घोषणा , आगामी बिहीबारदेखि पुस २ गतेसम्म लागू हुने

दराजद्धारा किनमेल मेला ‘१२.१२’ घोषणा , आगामी बिहीबारदेखि पुस २ गतेसम्म लागू हुने

Dec 11th, 2019

काठमाडौं, मंसिर २५

दराजले ११.११. को सफलतापछि किनमेल मेला दराज १२.१२ को घोषणा गरेको छ । अनलाईन सपिङ दराजको १२.१२.अभियान आगामी बिहीबारदेखि पुस २ गतेसम्म लागू हुने कम्पनीले बिज्ञप्ती मार्फत जानकारी दिएको छ ।

अभियान अन्र्तगत उपभोक्ताहरुले अन्तर्राष्ट्रिय र स्वदेशी टप ब्राण्डहरुका सरसामानहरुमा ६० प्रतिशतसम्मको भारी छुट, मेगा डिलहरु, क्रेजी भाउचरहरु पाउनुका साथै मिसन १२.१२ र वान रुपी गेम जस्ता नयाँ र रमाइला गेमहरुमा भाग लिन पाई उपहारहरु प्राप्त गर्न सक्नेछन् । साथै उपभोक्ताहरुले दराजका बैंकिङपार्टनरहरुको डेबिट र क्रेडिट कार्ड प्रयोग गरी अनलाइन पेमेन्ट गर्दा थप २० प्रतिशत अथवा एक हजार पाँच सय रुपैयाँसम्मको छुट पाउनेछन् ।

कम्पनीका अनुसार दराज ११.११को रेकर्ड तोड्ने सफलताले गर्दा गत नोभेम्बर महिना दराजको लागि एकदमै लाभदायी रहेको कम्पनीको दाबी छ । दराज ११.११.मा दराज एप र वेबसाइटमा ३.५ लाखभन्दा बढी प्रयोकर्ताहरुको उपस्थिति थियो जुन पोहोरभन्दा ७५ प्रतिशत बढी हो । यसपालिको ११.११ मा तीन हजारभन्दा बढी बिक्रेता थिए । साथै ५० हजारभन्दा बढी उपभोक्ता थिए । साथै दराजले २४ भन्दा बढी सहरहरुमा १.५ लाखभन्दा बढी सामानहरुको व्यापार गराउन सफल भएको थियो । दराज नेपालका प्रबन्धनिर्देशक लिनो अलरिंगले भने, ‘दराज ११.११. को रेकर्ड तोड्ने सफलता र ब्ल्याक फ्राइडेको थप सफलताले गर्दा गत नोभेम्बर हामी र हाम्रो बिक्रेताहरुको लागि ‘सुपर नोवेम्बर’ नै हुन पुग्यो ।

त्यसैले हामी यो सफल साल, हामीलाई सदैव सपोर्ट गर्नुहुने उपभोक्ताहरुका साथ भव्य तरिकाले विदाइ गर्न चाहन्छौं । र खास गरी ११.११. को फाइदा उठाउन नपाएकालाई भनेर हामीले यस ग्रान्ड अभियानमा थप नयाँ डिलहरु लिएर आएका छौँ, उनले भनेकाछन ।