लागूऔषसहित पक्राउ

Dec 10th, 2019

महोत्तरी, मंसिर २४

महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका ३ स्थित मलिवडाबाट मंसीर २४ गते एपीएफ टोली र नेपाल प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषा जिल्लाको सबैला नगरपालिका ११ बस्ने १९ वर्षिया पिंकीकुमारी मुखिया छिन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेकी निज मुखियालाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गुल्म हेक्वा महोत्तरीबाट खटिएको एपीएफ टोली र नेपाल प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा नाईट्राजेपाम १० वटा र स्पास्मो प्रोक्सिभन प्लस ८ वटा फेला परेपछि पक्राउ गरिएको हो ।

पक्राउ परेकी निज मुखियालाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाईएको छ ।