• गृहपृष्ठ
  • चेकोस्लोभाकियाको अस्पतालमा आक्रमण, चारको मृत्यु, दुई घाइते

चेकोस्लोभाकियाको अस्पतालमा आक्रमण, चारको मृत्यु, दुई घाइते

Dec 10th, 2019

प्राग, २४ मङ्सिर (राससरएएफपी)

चेकोस्लोभाकियाको पूर्वी शहर ओस्ट्रोभामा अवस्थित अस्पतालमा मङ्गलबार एक बन्दुकधारीले प्रहार गरेको गोलीबाट चार व्यक्तिको मृत्यु भएको छ । यस आक्रमणमा थप दुईजना गम्भीर घाइते भएका सरकारी स्रोतले जानकारी दिएको छ ।

ती दुर्ईको अवस्था चिन्ताजनक भएकाले मृतकको सङ्ख्या बढ्न सक्ने प्रहरीको अनुमान छ ।
क्षेत्रीय प्रहरी प्रवक्ता पाभ्ला जिरोस्कोवाले उक्त आक्रमणमा चार जना मारिनुका साथै अन्य दुई गम्भीर घाइते भएको बताउनुभयो ।

प्रहरीले हाल बेपत्ता रहेका बन्दुकधारीको खोजी गरिरहेको छ ।