• गृहपृष्ठ
  • कामना सेवा विकास बैंकको १०६ औं शाखा भक्तपुरको लोकन्थलीमा

कामना सेवा विकास बैंकको १०६ औं शाखा भक्तपुरको लोकन्थलीमा

Dec 10th, 2019

काठमाडौं, मंसिर २४

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं ३ अन्तर्गत भक्तपुर जिल्लाको मध्यपुर थिमी नगरपालिका वडा नं०१ स्थित लोकन्थलीमा यही मंसिर २४ गते आफ्नो १०६ औं शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ । मध्यपुर थिमी नगरपालिका वडा नं ०१ का वडा अध्यक्ष सुरज खड्का तथा बैंकका अध्यक्ष सुदिप आचार्यले संयुतmरुपमा शाखाको उद्घाटन गरेका हुुन ।

कारोबार शुभारम्भ समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत, नायब महाप्रबन्धक हरि प्रसाद लम्साल, कर्मचारी लगायत स्थानीयवासीहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत बस्नेतले बैंकका वर्तमान अवस्था र भावी कार्ययोजना तथा रणनीतिका बारेमा प्रकाश पारेका थिए । यस बैंकले व्यवसाय विस्तारको क्रममा नविनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्गसेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत जानकारी दिइएको छ ।

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १०६ वटा शाखा तथा ५५ वटा एटिएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले एबिबिएस, एसएमएस बैंकिङ, मोवाईल बैंकिङ र सि आस्वा लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।