• गृहपृष्ठ
  • १३ औं साग: पुरुष फुटबलमा नेपाल लगातार दोस्रोपटक च्याम्पियन

१३ औं साग: पुरुष फुटबलमा नेपाल लगातार दोस्रोपटक च्याम्पियन

Dec 10th, 2019

काठमाडौँ, २४ मङ्सिर

नेपालले १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत आज सम्पन्न फूटबल खेलमा नेपालले स्वर्ण पदक हात पारेको छ ।

मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको भुटानविरूद्धको खेलमा नेपालले २–१ को जित निकाल्दै स्वर्ण जितेको हो।

खेलमा नेपालले अभिषेक रिजालको गोलबाट अग्रता लिएको थियो । खेलको १६ औं मिनेटमा रिजालले सिक्सयार्ड बक्सभित्र मौका पाएपछि दाहिने खुट्टाले गोल हानेका थिए। नेपालका कप्तान सुजल श्रेष्ठ मैदानबाट बाहिरिएको केही मिनेटमै उनले भुटानको पोस्टमा बल छिराएका थिए। जारी सागमा उनले व्यक्तिगत तेस्रो गोल गरेका छन्।

तर खेलेको ३६ औं मिनेटमा भुटानका तर्फबाट छेन्जो ग्याल्जेनले जवाफी गोल फर्काएका थिए ।

खेलको ५४ औं मिनेटमा नेपालका लागि सुनिल बलले हेडिङबाट गोल गर्दै अग्रता २-१ मा पुर्‍याए।
सुनिलको गोल नै खेलका लागि अन्तिम गोल रह्यो । खेलमा थप गोल हुन सकेन र नेपालले  २-१ को जितसँगै स्वर्ण जितेको छ ।

गको जारी संस्करणमा नेपाल र भुटानबीच दोस्रो पटक प्रतिश्पर्धा भएको हो । अघिल्लो खेलमा नेपालले भुटानमाथि ४–० को जित हासिल गरेको थियो ।

सागमा नेपालका लागि यो ५१ औं स्वर्ण पदक हो ।