• गृहपृष्ठ
  • भुटानविरूद्ध नेपालले लियो २-१ को अग्रता

भुटानविरूद्ध नेपालले लियो २-१ को अग्रता

Dec 10th, 2019

काठमाडौँ, २४ मङ्सिर

दशरथ रंगशालामा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलको फाइनल खेलमा नेपालले भुटानविरूद्ध २-१ गोलको अग्रता लिएको छ।

पहिलो हाफ १–१ को बराबरीमा सकिएकोमा दोस्रो हाफको सुरुमा नै नेपालले गोल फर्काएर अग्रता लिएको हो ।

खेलको ५३ औं सुनिल बलले हेडिङबाट गोल थपेका हुन्। यसअघि नेपालका अभिषेक रिजालले १६ औं मिनेटमा नेपालका लागि पहिलो गोल गरेका थिए । जारी सागमा उनले व्यक्तिगत तेस्रो गोल गरेका छन्। खेलको ३७ औं मिनेटमा भुटानी कप्तान चेन्चो ग्याल्सेनले गोल फर्काएका थिए।

सागको जारी संस्करणमा नेपाल र भुटानबीच दोस्रो पटक प्रतिश्पर्धा भएको हो । अघिल्लो खेलमा नेपालले भुटानमाथि ४–० को जित हासिल गरेको थियो । नेपाल १२ औं सागको स्वर्ण विजेता हो ।