• गृहपृष्ठ
  • नेप्सेमा एकै दिन ५० करोड रुपैयाँको सेयर किनबेच

नेप्सेमा एकै दिन ५० करोड रुपैयाँको सेयर किनबेच

Dec 10th, 2019

काठमाडौं, मंंसिर २४

आज मंगलबार पनि नेप्से बढेको छ । आज नेप्से दुई दसमलव ४८ अंकले बढेर ११ सय ५१ दसमलव ३६ अंकमा पुुगेको छ भने सेन्सिटिभ शुन्य दसमलव ३३ अंकले बढेर दुुई सय ५३ दसमलव ५० अंकमा पुुगेको छ । एक सय ७० कम्पनीहरुको सात हजार चार वटा कारोवारमा १६ लाख ८१ हजार आठ सय २८ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम पनि बढेर ५० करोड तीन लाख २८ हजार नौ सय १५ रुपैयाँ पुुगेको छ ।

आज १२ वटा समुहको कारोवार भएकोमा चार वटा समुहको सुचक घटेर आठ वटा समुहको सुचक बढेकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक सात दसमलव नौ अंकले बढेर एक हजार ४१ दसमलव ८८ अंकमा पुुग्दा बिकास बैंक समुहको सुचक एक दसमलव ९२ अंकले बढेर १५ सय ६९ दसमलव ५० अंकमा पुुगेको छ । होटल, जीवन बीमा, टे«ङिङ, फाईनान्स, लघुुबित्त र सामुुहिक लागानी कोष समुहको सुचक पनि बढेकाछन । जलबिद्युुत, निर्जिवन बीमा, उत्पादनमुुलक र अन्य समुहको सुचक भने घटेर रातै भएकाछन ।

कमाउने कम्पनीको सुचीमा आज नयाँ नेपाल लघुुबित्त बित्तीय संंस्था पहिलो स्थानमा परेको छ भने गुमाउने कम्पनीहरुको सुचीमा अरुण कावेली जलबिद्युुत आयोजना पहिलो स्थानमा परेको छ । यसैगरी बढी रकम कारोवारका आधारमा भने माछापुुच्छे« बैंक पहिलो स्थानमा परेको छ ।