• गृहपृष्ठ
  • १३ औं साग: नेपालविरुद्ध भुटानले फर्कायो बराबरी गोल

१३ औं साग: नेपालविरुद्ध भुटानले फर्कायो बराबरी गोल

Dec 10th, 2019

काठमाडौं, मंसिर २४

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलको फाइनल खेलमा नेपालविरुद्ध भुटानले बराबरी गोल गरेको छ ।

दशरथ रंगशालामा भइरहेको खेलमा १६ मिनेटमा नेपालले पहिलो अग्रता लिए पनि खेलको ३७ औं मिनेटमा भुटानी कप्तान चेन्चो ग्याल्सेनले गोल फर्काएका छन् ।

यसअघि नेपालका अभिषेक रिजालले १६ औं मिनेटमा नेपालका लागि पहिलो गोल गरेका थिए । 
। जारी सागमा उनले व्यक्तिगत तेस्रो गोल गरेका छन्।

सागको जारी संस्करणमा नेपाल र भुटानबीच दोस्रो पटक प्रतिश्पर्धा भएको हो । अघिल्लो खेलमा नेपालले भुटानमाथि ४–० को जित हासिल गरेको थियो । नेपाल १२ औं सागको स्वर्ण विजेता हो ।