• गृहपृष्ठ
  • १३ औं साग: भुटानविरुद्ध नेपाललाई अग्रता

१३ औं साग: भुटानविरुद्ध नेपाललाई अग्रता

Dec 10th, 2019

काठमाडौँ, २४ मङ्सिर

दशरथ रंगशालामा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को पुरुष फुटबलको फाइनलमा नेपालले भुटानविरुद्ध १ गोलको अग्रता लिएको छ ।

दशरथ रंगशालामा जारी नेपाल र भुटानबीचको खेलमा नेपालका तर्फबाट अभिषेक रिजालले १६ औं मिनेटमा सिक्सयार्ड बक्सभित्र मौका पाएपछि दाहिने खुट्टाले गोल हानेका हुन्।

समूह चरणमा नेपालसँग ४-० ले हारेको भुटानले त्यसपछि लगातार तीन खेल जित्दै फाइनलमा स्थान बनाएको हो । भुटानले बंगलादेश, माल्दिभ्स र श्रीलंकालाई हराएको थियो ।

पदकका लागि भएको फाइनल प्रतिस्पर्धामा विजेता टिमले स्वर्ण पदक पाउने छ भने पराजित हुने टिम रजत पदकमा सीमित हुनेछ ।

सागको जारी संस्करणमा नेपाल र भुटानबीच दोस्रो पटक प्रतिश्पर्धा भएको हो । अघिल्लो खेलमा नेपालले भुटानमाथि ४–० को जित हासिल गरेको थियो । नेपाल १२ औं सागको स्वर्ण विजेता हो ।