काबुलमा आइएस लडाकूद्वारा आत्मसमर्पण

Dec 10th, 2019

काबुल,२४ मङ्सिर (रासस/सिन्ह्वा)

अफगानिस्तानको पूर्वी क्षेत्रमा रहेको द्धन्द्धग्रस्त प्रान्त नान्गाहारमा सुरक्षा कारबाही जारी रहेको अवस्थामा इस्लामिक स्टेट्स (आइएस) समूहका केही सदस्यले आत्मसमर्पण गरेका छन् ।

अफगानिस्तानका सुरक्षा अधिकारीहरुले जनाएअनुसार अफगानिस्तानको विशेष सुरक्षा बलका कमाण्डरहरु समेतगरी कम्तीमा पनि १० जनाले आत्मसमर्पण गरेका हुन् । ती सुरक्षा अधिकारीहरुका अनुसार केही स्थानीय कमाण्डरसहित १० जना लडाकूले अफगानिस्तानको राजधानी काबुलबाट दक्षिणतर्फ अवस्थित सो प्रान्तमा रहेको सेनाको एक ब्यारकेमा आएर उनीहरुले आत्मसमर्पण गरेका हुन् ।

नान्गाहार प्रान्तको आचिन जिल्लामा आतङ्कवादविरुद्ध सुरक्षाबलले जारी राखेको कारबाहीको क्रममा १० आइएस लडाकू समूहले आफूसँग रहेका शक्तिशाली हतियारसहित अफगान विशेष सेनासमक्ष आत्मसमर्पण गरेका छन् ।

अफगानसेनाद्वारा जारी विज्ञप्ति बाँकी आइएस सदस्यले पनि आत्मसमर्पण गर्ने तयारी गरेको सूचना सरकारलाई प्राप्त भएको छ । उनीहरु समक्ष आत्मसमर्पण बाहेकको अर्को कुनै पनि विकल्प नभएको सेनाले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।

गत हप्तामात्र पनि उक्त क्षेत्रमा केही लडाकूहरुले सुरक्षाबलसमक्ष आत्मसमर्पण गरेका थिए । सो आतंककारी समूहमा लागेका महिला तथा केही बाल सैन्य समेत गरी ६ सय भन्दा बढीले गत हप्ता आत्मसमर्पण गरेका थिए ।