• गृहपृष्ठ
  • आगलागीमा परी मृत्यु तथा विभिन्न धनमाल जलेर नष्ट

आगलागीमा परी मृत्यु तथा विभिन्न धनमाल जलेर नष्ट

Dec 10th, 2019

काठमाडौं, २४ मंसिर

ओखलढुङगा, खिजिदेम्बा गाउँपालिका ८ भुसिङगा बस्ने गम्बु शेर्पाको घरमा डेरा गरी बस्ने ८५ वर्षीय लोकसन शेर्पाको आगलागीमा जलेर सोमबार दिउँसो मृत्यु भएको छ । अगेना छेउमा आगो ताप्दै सुत्ने क्रममा अचानक शरीरमा आगो सल्कन गई गम्भीर घाइते भएका उनलाई उपचारको लागि जिल्ला अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

महोत्तरी, जलेश्वर नगरपालिका ११ बस्ने शाँ मिश्राको हेचरी एण्ड ब्रडिन फर्ममा करेन्ट सर्ट भई मंगलबार बिहान आगलागी हुँदा जस्ता पाताले छाएको ३ वटा घर, हेचरी, मेसिन लगायतका सामान जलेर करिब ९३ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

सिरहा, कर्जन्हा नगरपालिका ७ मरेवा टोल बस्ने रामअवतार यादव, बिहारी यादव, नन्दु यादव र झबरू यादव समेत चार दाजुभाइको घरमा मंगलबार दिउँसो आगलागी हुँदा करिब १० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

बर्दिया, गेरुवा गाउँपालिका ३ खुटेना बस्ने शालिक राम थारुको कुखुराको खोरमा मंगलबार राति आगलागी हुँदा करिब ४ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

कास्की, पोखरा महानगरपलिका २४ बदहरे भन्ने स्थानमा मसिने खड्काको टिनले छाएको एक कोठे घरमा घरायसी बिवादको कारण उनकै छोरा मिन बहादुर खड्काले मादक पदार्थ सेवन गरी मंगलबार दिउँसो आगजनी गर्दा घर पूर्णरुपमा जलेर नष्ट भएको छ । आगजनी गर्ने मिन बहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।