• गृहपृष्ठ
  • बेवारिसे अवस्थामा रहेको भरुवा बन्दुक बरामद

बेवारिसे अवस्थामा रहेको भरुवा बन्दुक बरामद

Dec 10th, 2019

कैलाली, २४ मंसिर

गोदावारी नगरपालिका १० स्थित धाईया सलानी सामुदायिक बनबाट बेवारिसे अवस्थामा रहेको भरुवा बन्दुक १ थान आइतबार फेला पारी प्रहरीले बरामद गरेको छ ।

उक्त स्थानमा बेवारिसे अवस्थामा बन्दुक छ भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मालाखेती र अस्थाई प्रहरी पोष्ट ओलानीबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।