• गृहपृष्ठ
  • पल्सर डेयर भेन्चर राइडर्सले गरे दशरथ रंगशाला सफा

पल्सर डेयर भेन्चर राइडर्सले गरे दशरथ रंगशाला सफा

Dec 10th, 2019

काठमाडौ, मंसिर २४

पल्सर डेयर भेन्चरका राइडर्सले डिसेम्बर ८, २०१९ मा नेपाल र बंगलादेशबीचको खेल समाप्त भएपछि दशरथ रंगशाला सफा गरेका छन् । पल्सर डेयर भेन्चरकमा १२ जना राइडर्सले रंगशालामा भएको फोहोर जम्मा गरेर रंगशालाको सीट र पाराफेट सफा गरेका हुन् ।

पल्सर डेयर भेन्चर नेपालको सबभन्दा लोकप्रिय, साहसिक र पहिलो बाइकिङ्ग रियालीटी सो हो र यसको सफलतापुर्वक ३ वटा सिजन सकिसकेको छ र चौथोँ सिजन शुरु भएको छ जुन एपी१ एचडी टिभीमा हरेक शनिबार राति ९ बजे प्रसारण हुदैँ आइरहेको छ । पल्सर डेयर भेन्चर एक साहसिक बाइक रियालिटी सो मात्र नभएर यसले राइडरहरुलाई एउटा नम्र र सम्मानित नागरीक बन्नका लागि कौशल र अनुशासन विकास गर्न सहयोग गर्दछ । र, यो सरसफाईको प्रयास जहाँ कहि जुनसुकै बेला कायम गर्नु पर्ने अनुशासन कौशल मध्यको एउटा पाटो हो ।

हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि., नेपालका लागि बजाज मोटरसाईकलको एक मात्र अधिकृत वितरक सदैव आफ्नो सामाजिक उत्तरदायित्वप्रति सचेत रहेको छ र संस्थागत सामाजिक उत्तरदायित्व गतिविधिको हिस्साको रुपमा ग्राहकहरुको हितका लागि विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ ।

नेपालले दक्षिण एशियाली खेलकुद २०१९ आयोजना गरिरहेको छ जहाँ ७ देशका सहभागीहरु द्विवार्षिक बहु–खेलकुद प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेका छन् । नेपालले यो तेस्रो पटक दक्षिण एशियाली खेलकुद आयोजना गरेको हो ।

पल्सर डेयर भेन्चरका राइडरहरु मध्य एक जना राइडरले आफ्नो भावना व्यक्त गर्दै भने , “हामी जथाभावी फोहोर फाल्नु हुन्न भन्ने कुरामा ज्ञात छौं तर पनि जथाभावी फोहोर फाल्छौं । यो पहलसँगै हामी उचित स्थानमा मात्र फोहोर फाल्नुपर्छ भन्ने जनचेतना फैलाउन चाहन्छौ र सम्पूर्णलाई यो पहल आफैबाट र आजैबाट शुरु गर्न अनुरोध गर्न चाहन्छौं ।”