• गृहपृष्ठ
  • जुडोमा नेपालकी पुनम श्रेष्ठलाई स्वर्ण

जुडोमा नेपालकी पुनम श्रेष्ठलाई स्वर्ण

Dec 9th, 2019

काठमाडौँ, २३ मङ्सिर (रासस)

जुडोकी पुनम श्रेष्ठले तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) मा नेपाललाई स्वर्ण पदक दिलाउनुभएको छ । लखनखेलस्थित आर्मीको कभर्डहलमा आज भएको महिला ७८ केजीमुनि तौल समूहमा उहाँले नेपाललाई स्वर्णपदक दिलाउनुभएको हो ।

पुनमले बङ्गलादेशकी फरिना खानोमलाई पराजित गर्नुभयो । यसअघि उहाँले भारतकी नवनीत कौरलाई पराजित गर्नुभएको थियो । यस्तै महिला ७० केजी तौल समूहमा नेपालकी विनिता मगरले रजत जित्नुभयो । यस स्पर्धामा भारतले स्वर्ण र श्रीलङ्काले कास्यपदक हात पारेको छ । यसैगरी पुरुष ९० केजी तौल समूहमा नेपालका श्रीराम मकाजूले कास्य पदक हात पार्नुभयो । सोही स्पर्धामा भारतले स्वर्णपदक जित्दा पाकिस्तानले रजत जितेको छ ।