• गृहपृष्ठ
  • सिद्धार्थ बैंकको सरल एसएमई कर्जा योजना सञ्चालनमा,आकर्षक ब्याजदरमा ७५ लाख रुपैयाँसम्मको कर्जा सुविधा सहज रूपमा प्रदान गर्ने

सिद्धार्थ बैंकको सरल एसएमई कर्जा योजना सञ्चालनमा,आकर्षक ब्याजदरमा ७५ लाख रुपैयाँसम्मको कर्जा सुविधा सहज रूपमा प्रदान गर्ने

Dec 9th, 2019

काठमाडौ, मंसिर २३

सिद्धार्थ बैंकले साना तथा मझौला व्यवसायलाई लक्षित गर्दै आकर्षक ब्याजदरमा ७५ लाख रुपैयाँसम्मको कर्जा सुविधा सहज रूपमा प्रदान गर्ने उद्देश्यका साथ सरल एसएमई कर्जा योजना सञ्चालनमा ल्याएकोे छ । बंैकले साना तथा मझौला उद्यमीहरुले व्यक्तिगत ऋणदाताहरुबाट उच्च ब्याजदरमा ऋण लिनुको सट्टा बैंकबाटै सहज रूप कर्जा सुविधा प्राप्त गर्न सकुन भन्ने यस कर्जाको मुख्य उद्देश्य रहेको छ ।

सरल एसएमई कर्जा सुविधा साना तथा मझौला व्यवसायीको वित्तीय पहुँचमा वृद्धि गर्नकालागि उल्लेख सहयोग पु¥याउने बैंकको विश्वास रहेको छ । यो कर्जा सुविधा विशेष गरी पर्यटक, कृषि संलग्न तथा महिला उद्यमीहरुका लागि लक्षित गरिएको छ । यस कर्जा योजनाका प्रमुख आकर्षणहरू पुर्व भुक्तानी शुल्क नलाग्ने, चालु पूंजी र स्थायी सम्पत्तीको ८० प्रतिशत सम्म फाइनान्सिङ सुविधा , १० वर्षसम्मको आवधिक कर्जा, निःशुल्क क्रेडिट कार्ड, एसएमस अलर्ट, इन्टरनेट बंैकिङ्ग तथा मासिक खाता विवरणm लकर सुविधामा वार्षिक ५० प्रतिशत छुट लगायतका बिशेषता रहेकाछन ।

साना तथा मझौला व्यवसाय देशको अर्थतन्त्रको मेरूदण्ड भएकोले सिद्धार्थ बैंकले आफूलाई यस क्षेत्रमा अग्रणी भुमिका खेल्नको लागि प्रतिबद्घता स्वरूप यो योजना ल्याएको हो । सिद्धार्थ बैंकले हाल देशभर १७५ वटा शाखा ( चार वटा एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखारहित बैंकिङ्ग सेवा, १९४ एटिएम र १,६०० भन्दा बढी पस मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।