• गृहपृष्ठ
  • साग: पुरुष बास्केटबलमा नेपालले जित्यो रजत

साग: पुरुष बास्केटबलमा नेपालले जित्यो रजत

Dec 9th, 2019

काठमाडौँ , २२ मङ्सिर (रासस)

तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत थ्री बाइ थ्री बास्केटबलमा नेपालको पुरुष टोलीले रजत पदक जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप)को कभर्ड हलमा आज भएको फाइनल खेलमा भारतसँग पराजित भएपछि नेपाल रजत पदकमा सीमित बनेको हो । भारतसँग नेपाल २०–१५ ले पराजित भयो । सोही स्पर्धामा श्रीलङ्काले कास्य जित्यो ।

सेमिफाइनल खेलमा नेपाल श्रीलङ्कालाई २१–९ ले पराजित गर्दै फाइनल पुगेको थियो । त्यसैगरी महिलातर्फको खेलमा भारतले स्वर्ण जित्दा श्रीलङ्काले रजत र नेपालले कास्यपदक जिते ।