• गृहपृष्ठ
  • बक्सिङमा २० वर्षपछि नेपाललाई मीनु गुरुङले दिलाईन स्वर्ण पदक

बक्सिङमा २० वर्षपछि नेपाललाई मीनु गुरुङले दिलाईन स्वर्ण पदक

Dec 9th, 2019

काठमाडौँ, २३ मङ्सिर (रासस)

तेह्राँै दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत बक्सिङ खेलमा नेपालले २० वर्षपछि स्वर्ण पदक जितेको छ ।

सातदोबाटोमा आज भएको खेलमा मीनु गुरुङले नेपाललाई स्वर्ण पदक दिलाउनुभएको हो । उहाँले महिला ५४ केजी तौल समूहमा भारतीय खेलाडीलाई अङ्कका आधारमा पराजित गर्दै स्वर्ण जित्नुभएको हो । यसअघि नेपालले सन् १९९९ काठमाडौँमा भएको आठौँ सागमा बक्सिङतर्फ दुईवटा स्वर्ण जितेको थियो ।

सन् १९९९ मा नेपालका लागि प्रकाश थापा मगर र रामचन्द्र थापा मगरले स्वर्ण जित्नुभएको थियो । त्यतिबेला नेपालले बक्सिङमा दुईसहित ३१ वटा स्वर्णपदक जितेको थियो । त्यसैगरी महिला ४८ केजी तौलसमूहमा ललिता महर्जनले रजत पदक हात पार्नुभयो । उहाँ भारतकी श्रीनिभासन कालाइभानीसँग पराजित भएपछि रजतपदक हात पार्नुभएको हो । योसँगै १३औँ सागमा नेपालको स्वर्ण पदक ४६ पुगेको छ ।