नेप्से १३ अंकले बढ्यो

Dec 9th, 2019

काठमाडौ, मसिर २३

नेप्से आज सोमबार १३ दसमलव ५१ अंकले बढेर ११ सय ४८ दसमलव ८९ अंकमा पुुगेको छ । सेन्सिटिभ इन्डेक्स पनि आज दुुई दसमलव ६५ अंकले बढेर दुई सय ५३ दसमलव १७ अंकमा पुुगेको छ । आज एक सय ७३ कम्पनीहरुको सात हजार छ सय २७ वटा कारोवारमा १४ लाख ५९ हजार सात सय कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम ४६ करोड ४२ लाख २० हजार तीन सय ९२ रुपैयाँ पुुगेको नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले जानकारी दिएको छ ।

नेप्से आज १२ वटा समुहको कारोवार हुुंदा दुई वटा समुहको सुचक घटेकाछन भने बाँकी समुहको सुचक बढेकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक सात दसमलव ९१ अंकलो बढेर एक हजार ३४ दसमलव ८० अंकमा पुुगेको छ । बिकास बैंक, जलबिद्युुत, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल, फाईनान्स र उत्पादनमुुलक समुहको सुचक पनि आज बढेकाछन ।

कमाउने कम्पनीहरुको सुचीमा आज नाडेप लघुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा नबिल ईक्विटी फण्ड परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा नेपाल बैंक लिमिटेड परेको छ ।