neapl investment mega bank
  • गृहपृष्ठ
  • किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

Dec 9th, 2019

कैलाली, मंसिर २३

१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मोहन्यालय गाउँपालिका १ चायाभाबर बस्ने २० वर्षीय टेक बिकलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

बिकले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सुखडकपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।