• गृहपृष्ठ
  • चक्कु प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ

चक्कु प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ

Dec 9th, 2019

काभ्रे, मंसिर २३

रोशी गाउँपालिका १ खहरे बस्ने ६६ वर्षीया महिलालाई धारिलो हतियार चक्कु प्रहार गरी घाइते बनाएको अभियोगमा सोही ठाउँ बस्ने २६ वर्षीय कान्छामान तामाङलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

कान्छामानले ती महिलालाई चक्कु प्रहार गर्दा घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी खहरेपागुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइते महिलाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।