• गृहपृष्ठ
  • राष्ट्रिय प्रजातान्त्रिक बिद्यार्थी संगठनद्धारा कोहलपुर घटनाका दोषीलाई कारवाही गर्न माग

राष्ट्रिय प्रजातान्त्रिक बिद्यार्थी संगठनद्धारा कोहलपुर घटनाका दोषीलाई कारवाही गर्न माग

Dec 9th, 2019

काठमाडौ, मंसिर २३

राष्ट्रिय प्रजातान्त्रिक बिद्यार्थी संगठनले कोहलपुर घटनाका दोषीलाई कारवाही गर्न माग गरेको छ । सोमबार संघको केन्द्रिय कार्यसमिती काठमाडौले बिज्ञप्ती जारी गर्दे दोषीलाई कडा कारवाही गर्न माग गरेको हो ।

संघद्धारा जारी बिज्ञप्तीमा भनिएको छ, हिजो बाँकेको कोहलपुर स्थित त्रिभुवन उ.मा.वि. मा कक्षा ७ मा अध्ययनरत छात्रा प्रकृति चन्दलाई सडक पार गर्ने क्रममा ट्रकले किचेपछि दोषीलाई कारबाहिको माग गर्दै शान्तिपूर्ण आन्दोलनमा उत्रेका विद्यार्थीहरुमाथी प्रहरीले गरेको हस्तक्षेप, दमन र गोली प्रहारबाट दर्जनौं विद्याथीहरु घाइते भएका छन् । देश र जनताको शान्ति सुरक्षाको जिम्मेवारी बोकेका, राज्यको महत्वपूर्ण अंगको रुपमा रहेको नेपाल प्रहरीबाट स्कुल भित्र पसेर विद्यार्थीहरुमाथी गरेको हस्तक्षेप, लाठी चार्ज तथा गोली प्रहार जस्तो कार्य निन्दनीय एवं भत्र्सनायोग्य छ, बिज्ञप्तीमा भनिएको छ ।

कलिला बालबालिका माथी गरिएको क्रुर तथा अमानवीय कार्यको राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन घोर भत्र्सना एवं निन्दा गर्दे उक्त घटनाको सत्यतथ्य पत्ता लगाई दोषी माथी कडा भन्दा कडा कारवाही गर्न जोडदार माग गरेको बिज्ञप्तीमा उल्लेख छ । संघले घाइते बालबालिकाहरुको निशुल्क उपचार गर्न र यस्ता घटनाहरुको निराकरण गर्न नेपाल सरकार समक्ष माग गर्दे प्रहरी दमनबाट घाइते भएका कलिला विद्यार्थीहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको संघका अध्यक्ष महेश बहादुर सिंहद्धारा हस्ताक्षरित बिज्ञप्तीमा उल्लेख छ ।