• गृहपृष्ठ
  • ‘संविधान र सङ्घीयता कार्यान्वयनमा सबै दल एक हुनुपर्ने’

‘संविधान र सङ्घीयता कार्यान्वयनमा सबै दल एक हुनुपर्ने’

Dec 8th, 2019

विराटनगर, २२ मङ्सिर (रासस)

नेपाली काँग्रेसका उपसभापति विजयकुुमार गच्छदारले संविधान र सङ्घीयताको पूर्र्ण कार्यान्वयनका लागि प्रमुख राजनीतिक दलबीच सहमति एवं सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज अपरान्ह् पत्रकारहरुसँग कुरा गर्दै उहाँले वर्तमान सरकारलाई पाँच वर्षका लागि सरकार सञ्चालन गर्न दिएको जनमतबाट बनेको ठूलो दलको सरकारले अन्य दललाई पनि सहमतिलाई ल्याउनुपर्ने सुझाव दिनुभयो ।

उहाँले नेपाली काँग्रेसले सहमति र सहकार्यबाट अघि बढ्न चाहेकाले संविधानको मुूल्य मान्यताअनुुसार सत्तापक्षले पनि प्रतिपक्षसँग सहमति गरेर अघि बढनुुुपर्ने धारणा राख्नुभयो । भर्खरै सम्पन्न उप निर्वाचनमा नेपाली काँग्रेसप्रति जनताको उत्साह बढेको पाइएको दाबी गर्दै उपसभापति गच्छदारले पार्टीको विधानमा भएको व्यवस्थाअनुुसार एक वर्षको म्याद थप हुुने र आगामी २०७७ फागुुन मसान्तभित्र सम्म महाधिवेशन सम्पन्न हुुने बताउनुभयो ।