• गृहपृष्ठ
  • जुडोमा नेपाललाई देविका खड्काले दिलाइन् स्वर्ण पदक

जुडोमा नेपाललाई देविका खड्काले दिलाइन् स्वर्ण पदक

Dec 8th, 2019

काठमाडौँ, २२ मङ्सिर (रासस)

तेह्रौँँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत जुडो खेलमा नेपालकी देविका खड्काले स्वर्ण पदक जित्नुभएको छ ।

लगनखेलस्थित आर्मीको शारीरिक तालीम तथा खेलकूद केन्द्रमा आज भएको खेलमा देविकाले ५२ केजी तौल समूहमा नेपाललाई स्वर्णपदक दिलाउनुभएको हो । खड्काले अन्तिम खेलमा बङ्गलादेशकी ताहामिदा जेरिनलाई पराजित गर्दै स्वर्णपदक हात पार्नुभएको हो । उहाँ त्यसअघि पहिलोमा श्रीलङ्कन र दोस्रोमा भारतीय खेलाडीलाई पराजित गर्दै फाइनल नजिक पुग्नुभएको थियो ।