• गृहपृष्ठ
  • ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा क्षेत्रीको पद बहाली

ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा क्षेत्रीको पद बहाली

Dec 8th, 2019

काठमाडौ, मंसिर २२

ग्लोबल आइएमई बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमाश्री परशुराम कुंवर क्षेत्रीले शुक्रबारदेखि पदबहाली गरेकाछन । ग्लोबल आइएमई बैंकमा जनता बैंक गाभिईमंसिर २० गते देखि एकिकृत कारोबार सुरु भएको हो ।

तीन दशक भन्दा बढी समय बैंकिङ्ग क्षेत्रमा रहनुभएका क्षेत्री २०७४ साल असार १ गते देखि जनता बैंक नेपालको प्रमुख कार्यकारी अधिकृत रहेका थिए । यसअघि उनले तत्कालिन बैंक अफ एसिया र ग्राण्ड बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकको नेतृत्व गरिसकेकाछन ।

वि.सं. २०४२ साल देखि तत्कालिन ग्रिनलेज बैंकबाट बैंकिङ्ग क्यारियर सुरु गरेका क्षेत्रीले तत्कालिन सरकारले विदेशी विज्ञहरु समेतको सहभागितामा गठन गरेको नेपाल बैंक लिमिटेडको वित्तीय सुधार कार्यक्रमको टिममा रहेर करिब तीन वर्ष छ महिना काम गरेका थिए । गत शुक्रबार सम्पन्न भएको मर्जरको औपचारिक कार्यक्रम पश्चात बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले क्षेत्रीलाई पद बहाली गरेका हुुन ।

एकिकृत ग्लोबल आइएमई बैंकको प्राथमिक पुँजी कोष रु. २४ अर्ब, कुलनिक्षेप २१३ अर्ब, कुल कर्जा १९४ अर्ब भन्दा बढी रहेको छ । त्यस्तै ७ वटै प्रदेश र ७७ वटै जिल्लामा पुग्ने गरी बैंकका ३ सय भन्दा बढी शाखा÷सञ्जाल, २५९ एटिएम, २४४ शाखा रहित बैंकिङ्ग सेवा, ३३ एक्स्टेन्सन तथा राजस्व काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी ८४० भन्दा बढी सेवा केन्द्रहरु रहेका छन् ।