• गृहपृष्ठ
  • कफि आयातमा बर्षेनी बाहिरिन्छ करोडौं रुपैंया, किन भयो स्वदेशी भन्दा विदेशी कफि प्रिय ?

कफि आयातमा बर्षेनी बाहिरिन्छ करोडौं रुपैंया, किन भयो स्वदेशी भन्दा विदेशी कफि प्रिय ?

Dec 8th, 2019

काठमाडौं २२ मंसिर

कफि तथा चिया उत्पादनमा नेपाल राम्रो कृषि क्षेत्र मानिन्छ । अन्य नगदे वालीको तुलनामा नेपालले चिया तथा कफि बाट राम्रो आम्दानी पनि गरेको छ । त्यसैले पछिल्लो समय नेपालमा कफिको क्रेज पनि बढ्दै गएको छ ।

जसका कारण नेपालको उत्पादनले धान्नै नसक्ने कफिको खपत हुन थालेको छ । विगतका वर्षहरुमा नेपाली कफिको आयात भन्दा निर्यात व्यपार बढि हुन्थ्यो । तर अहिले भने आयात बढ्दो र निर्यात घट्दो क्रममा रहेको तथ्यांकले देखाएको छ ।

गत वर्षको तुलनामा कफीको आयात करिब ६४ प्रतिशतले बढेको र निर्यात करिब ११ प्रतिशतले घटेको तथ्यांकले देखाएको हो । भन्सार विभागको तत्थाकं अनुसार चालू आर्थिक वर्षको पहिलो चार महिना अर्थात कार्तिक सम्म ३ करोड ५६ लाख ६१ हजार रुपैंयाको कफि आयत भएको छ ।
यसैगरी गत अर्थिक वर्षमा ६ करोड ५८ लाख ९१ हजार रुपैयाँ बराबरको १६३.३८ मेट्रिक टन कफी आयात भएको थियो भने ९ करोड ३७ लाख २५ हजार रुपैयाँ बराबरको ८४.२२ मेट्रिकटन कफी निर्यात भएका थियो ।

त्यस्तै गतआव ०७५ ÷७६मा एक हजार दुई सय ६२ टन पुगेको छ । यो अघिल्लो आर्थिक वर्षभन्दा एक हजार ९९टन बढी हो । गतवर्ष नौ करोड ८० लाख रुपैयाँको कफी आयात भएको छ ।
आन्तरिक बजारको मागअनुसार उत्पादन नबढेपछि कफी आयात करिब आठ गुणाले बढेको छ । सरकारले कृषिजन्य वस्तुको उत्पादन बढाउन बताइरहँदा हरेक वर्ष कफी आयात बढिरहेको छ । निर्यातको अवस्था निराशाजनक छ ।

यस्तो छ अवस्था

अघिल्लो वर्षभन्दा गतवर्ष कफी आयात ७.७४ गुणाले बढेको चिया तथा कफी विकास बोर्डले जनाएको छ । बोर्डका कआर्यकारी निर्देशक दिपक खनाललको अनुसार नेपाली कफि भन्दा विदेशी कफिको मूल्य सस्तो भएका कारण कफिको आयात बढि भएको हो ।

नेपालले बढि लागतमा गुणस्तरिए र अर्गानिक कफि उत्पादन गर्छ तर विदेशमा उच्च प्रविधिमा भएकोले कम खर्चमै कफि उत्पादन हुने भएकोले मूल्य पनि कम पर्ने खनालको भनाइ छ । खनालले विश्वबजारमा नेपाली कफीको मागउच्च रहेकोले त्यसको लागि आवश्यक प्रमाणीकरण र गुणस्तरमा ध्यानदिन सके निर्यातको अवस्था सुध्रने बताए । उनका अनुसार विश्व कफीफोरममा नेपाली कफीले ९० प्रतिशत स्कोर पाएको छ । यसले कफीको व्यावसायिक सम्भावनालाई समेत मजवुत बनाएको छ ।

अहिले नेपालले दुवई, स्वीजरल्याण्ड, चीन, भारत तथा मलेसियाबाट कफि आयात गर्ने गरेको छ । चालू आ व मा ति मुलुकबाट जम्मा २१ हजार ९ सय ३६ किलोग्राम कफि आयात भएको छ । जसमध्ये भारतबाट मात्र १७ हजार ८७ किलो कफि आयात गरिएको छ ।

हाल कफीको कुल रोपण क्षेत्र २ हजार ६ सय ६० हेक्टर पुगेको छ । विगत ४ वर्ष देखि कफी विस्तार कार्यक्रमले व्यापकता पाएकोले आगामी दिनहरूमा पनि कफीको उत्पादनमा थप वृद्धि हुने आँकलन गरिएको छ । अति उत्तम क्षेत्रलाई मात्र आधार मान्दा पनि करिब ४५ क्षेत्रमा मात्र नेपालले कफी उत्पादन गरिरहेको छ ।