• गृहपृष्ठ
  • देवः विकास बैंकको जलविरे शाखा स्थानान्तरण

देवः विकास बैंकको जलविरे शाखा स्थानान्तरण

Dec 8th, 2019

काठमाडौ, मंसिर २२

देव बिकास बैंकले जलबिरे शाखा स्थानान्तरण गरेको छ । बैकले वलेफी गाउँपालिका, वडा नं. ०१ साविक जलविरे गाउँपालिका वडा नं ०४ जलविरे बजारमा रहेको शाखा कार्यालय आईतबारदेखि वलेफी गाउँपालिका, वडा नं. ०१ जलविरे बजार स्थित नवनिर्मित कार्यालयमा स्थानान्तरण गरेको हो ।

उक्त शाखाबाट ग्राहकहरुलाई अझ सुलभ तथा सहज रुपमा उत्कृष्ट सेवा प्रदान गर्न साविकको स्थानबाट बैंकलाई नयाँ स्थानमा स्थानान्तरण गरिएको हो । उक्त शाखाबाट सम्पूर्ण बैंकिङ्ग सेवा सहित सि आस्वा, भिसा, डेबिट कार्ड, ई बैंकिङ, एसएमएस बैंकिङ सेवा समेतलाई सहज रुपमा प्रदान गरिने छ ।