• गृहपृष्ठ
  • नेप्से सुधारोन्मुुख, लगानीकर्ताहरु उत्साहित

नेप्से सुधारोन्मुुख, लगानीकर्ताहरु उत्साहित

Dec 8th, 2019

काठमाडौ, मंसिर २२

नेप्से सुधारोन्मुख देखिएको छ । साताको पहिलो कारोवार दिन आज आईतबार नेप्से तीन दसमलव ४५ अंकले बढेर ११ सय ३५ दसमलव ३७ अंकमा चढेको छ भने सेन्सिटिभ इन्डेक्स एक दसमलव ७५ अंकले बढेर दुुई सय ५० दसमलव ५२ अंकमा चढेको छ । आज एक सय ७१ कम्पनीहरुको चार हजार पाँच सय २५ वटा कारोवारमा नौ लाख ८७ हजार सात सय ३९ कित्ता सेयर किनबेच हुुंदा कारोवार रकम २८ करोड ७५ लाख २७ हजार आठ सय २५ रुपैयाँ पुगेको छ ।

आज १२ वटा समुहको कारोवार भएकोमा छ वटा समुहको सुचक घटेर छ वटा समुहको सुचक बढेकाछन । यि मध्ये बाँणिज्य बैंक समुहको सुचक शुन्य दसमलव ४८ अंकले बढेर एक हजार २६ दसमलव ८९ अंकमा चढेकोमा बिकास बैंक समुहको सुचक पनि पाँच दसमलव ५८ अंकले बढेर १५ सय ३९ दसमलव ४३ अंकमा चढेकोे छ । होटल, लघुुबित्त, टे«डिङ र अन्य समुहको सुचक पनि बढेकाछन । जलबिद्युुत, निर्जिवन बीमा, फाईनान्स, जीवन बीमा, उत्पादनमुुलक र सामुुहिक लगानी कोष समुहको सुचक भने घटेकाछन ।

कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा कञ्चन डेभलपमेन्ट बैंक परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा नेशनल माईक्रो फाईनान्स बित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीह्रुको सुचीमा भने आज नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर आदि परेकाछन ।