लुकाई राखेको कपडा बरामद

Dec 8th, 2019

नवलपरासी (पश्चिम), २२ मंसिर

सुनवल नगरपालिका १२ भुमहीस्थित महेन्द्र राजमार्गबाट ना.८ ख १२०३ नम्बरको यात्रुबाहक बसको छतमा फल्सबटम बनाई लुकाई राखेको १५ बोरा ट्रयाक सुट र १० कार्टुन मेडिसिन शनिबार दिउँसो प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले भारतको दिल्लीबाट नारायणगढतर्फ जाँदै गरेको उक्त नम्बरको बस जाँच गर्ने क्रममा उक्त सामान बरामद भएको हो । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।