neapl investment mega bank
  • गृहपृष्ठ
  • आगलागीमा परी १ जनाको मृत्यु तथा विभिन्न धनमाल जलेर नष्ट

आगलागीमा परी १ जनाको मृत्यु तथा विभिन्न धनमाल जलेर नष्ट

Dec 8th, 2019

काठमाडौं, २२ मंसिर

बाजुरा, जगन्नाथ गाउँपालिका १ ढाडाकोटस्थित काउचाझूलाकाचिया सामुदायिक बनमा लागेको डढेलो नियन्त्रणमा गर्ने क्रममा सोही ठाउँ बस्ने साउने बिकको १५ वर्षीया छोरा रति बिकको शनिबार दिउँसो मृत्यु भएको छ । आगोमा लड्न गई गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचारको क्रममा मृत्यु भएको हो ।

स्याङ्जा, कालीगण्डकी गाउँपालिका ३ विगमडाँडा बस्ने ४४ वर्षीय शिवलाल विकको कच्ची घरमा शनिबार दिउँसो आगलागी हुँदा उनकै गोठमा समेत फैलिएर करिब २ लाख रुपैयाँ मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ ।

हुम्ला, ताजाकोट गाउँपालिका १ जिमाना बस्ने बाचे रिफालको घरमा शनिबार बिहान आगलागी हुँदा अन्नपात, भाँडावर्तन र काठपात जलेर करिब ३ लाख रुपैयाँ मूल्य बराबरको धनमाल नष्ट भएको छ ।

सुनसरी, ईटहरी उपमहानगरपालिका ६ बीरेन्द्रचोकस्थित सोही ठाउँ बस्ने किरण बुढाथोकीको होटल बिग बारमा करेण्ट सर्ट भई आइतबार बिहान आगलागी भएको छ । आगलागीबाट होटलभित्र भएको सम्पुर्ण सामान जली नष्ट भएको छ । क्षतिको विवरण हाल खुल्न सकेको छैन् ।

स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।