• गृहपृष्ठ
  • अवैध रुपमा ल्याएको सुर्तिजन्य पदार्थ बरामद

अवैध रुपमा ल्याएको सुर्तिजन्य पदार्थ बरामद

Dec 8th, 2019

बाँके, २२ मंसिर

नेपालगंज उपमहानगरपालिका १६ जयसपुरबाट करिब ३ लाख १० हजार रुपैयाँ मूल्य बराबरको सुर्तिजन्य पदार्थ १५.५ क्विन्टल र उक्त स्थान भन्दा करिब ३० मिटर पर परालमा लुकाई छिपाई राखिएको थप १ लाख ४० हजार रुपैयाँ मूल्य बराबरको सुर्तिजन्य पदार्थ आइतबार बिहान प्रहरीले बरामद गरेको छ ।

भारतबाट अवैध रुपमा ल्याएर सोही ठाउँस्थित ईतराम बाबा मन्दिर पछाडि लुकाई छिपाई राखेको अवस्थामा वडा प्रहरी कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उक्त पदार्थ फेला पारी बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।