• गृहपृष्ठ
  • ह्वात्तै घट्यो सुनको भाउ, यस्तो छ आजको मूल्य

ह्वात्तै घट्यो सुनको भाउ, यस्तो छ आजको मूल्य

Dec 8th, 2019

काठमाडौँ, २२ मङ्सिर

आइतबार सुनको भाउ घटेको छ । गत सात घटबढ भैरहेको सुनको मूल्य साताको पहिलो दिन प्रतितोला ५ सय रुपैयाँले घटेको छ । गत शुक्रबार ७१ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन ५ सय रुपैयाँ घटेर ७१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै शुक्रबार प्रतितोला ७१ हजार ४ सय रुपैयाँमा कारोबार भएको तेजावी साताको पहिलो दिन आइतबार ७० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुासर शुक्रबारको तुलनामा चाँदी तोलामा १० रुपैयाँ घटेर ८ सय ४० रुपैयाँमा बिक्री भइरहेको छ ।