neapl investment mega bank

स्वर्णबाट चुकिन् गौरिका सिंह

Dec 8th, 2019

काठमाडौँ, २२ मङ्सिर (रासस)

तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)अन्तर्गत पौडीमा गौरिका सिंह १०० मिटर ब्याकस्ट्रोकमा स्वर्ण पदक जित्नबाट चुक्न्ुभएको छ । उहाँले रजतमै चित्त बुझाउनुभयो ।

सातदोबाटोस्थित पौडीपोखरीमा शनिबार भएको उक्त स्पर्धामा सिंहले निर्धारित दूरी एक मिनेट ३ दशमलव १५ सेकेण्डमा पूरा गर्नुभयो । उक्त स्पर्धामा उहाँ भारतकी मन्नाराजीव पटेलभन्दा एक सेकेण्डभन्दा कम दूरीले पछाडि पर्नुभयो । पटेलले सो दूरी एक मिनेट २ दशमलव ३५ सेकेण्डमा पूरा गर्नुभयो । जारी १३औँ सागमा अहिलेसम्म सिंहले दुई स्वर्ण जितिसक्नुभएको छ । उहाँले दुई मिटर ब्याकस्ट्रोक र फ्रिस्टयालमा स्वर्ण जित्नुभएको हो । पौडीमा नेपालले हालसम्म दुई स्वर्ण, दुई रजत र एक कास्य जितेको छ ।