• गृहपृष्ठ
  • राष्ट्रिय गौरबका आयोजनाको सुस्त प्रगति, ११ आयोजनाको प्रगति ५० प्रतिशतभन्दा तल

राष्ट्रिय गौरबका आयोजनाको सुस्त प्रगति, ११ आयोजनाको प्रगति ५० प्रतिशतभन्दा तल

Dec 8th, 2019

काठमाडौं, मंसिर २२

देशमा निर्माणाधिन अवस्थामा रहेका राष्ट्रिय गौरबका आयोजनाकै प्रगति सुस्त देखिएको छ । २१ वटा आयोजनामध्ये ११ वटा आयोजनाको प्रगति ५० प्रतिशत भन्दा पनि कम देखिएको छ ।

२०४४ सालमा निर्माण सुरु भएको बबई सिँचाइ आयोजनाले अहिलेसम्ममा जम्मा ४१ प्रतिशत मात्रै काम सम्पन्न गरेको छ । यो भन्दा पुरानो आयोजना लुम्बिनी क्षेत्र विकास कोषको अहिलेसम्म ८२ प्रतिशत मात्रै काम सम्पन्न भएको छ ।

पश्चीम सेती जलविद्युत आयोजना, बुढिगण्डकी जलविद्युत आयोजना र निजगढ बिमानस्थलको आयोजनाको प्रगति अहिलेसम्म शुन्य देखिएको छ । पश्चीम सेती र बुढिगण्डकी जलविद्युत आयोजना दुबै चिनीयाँ कम्पनीले अलपत्र पारेका आयोजना हुन् भने निजगढ बिमानस्थलमा सरकारले नै निर्णय गर्न सकेको छैन ।

माथिल्लो तामाकोसी आयोजनामा भने सन्तोषजनक प्रगति देखिएको छ। अहिलेसम्म तामाकोसी आयोजनाको ९९ प्रतिशत काम सकिएको छ । तामाकोसी जलविद्युत आयोजना छिट्टै सञ्चालनमा आउँदैछ । जुन सञ्चालनमा आएसँगै राष्ट्रिय प्रसारण प्रणालीमा ४ सय ५६ मेगावाट बिजुली थपिनेछ ।

त्यसैगरि निर्माणको अन्तिम चरणमा रहेको मेलम्ची जलविद्युत आयोजनाको प्रगति ९५ प्रतिशत छ भने गौतम बुद्ध बिमानस्थल ८४ दशमलव २५ प्रतिशत ।

गौतम बुद्ध बिमानस्थल सञ्चालनमा आएसँगै ठूला खालका बिमान ओराल्न काठमाडौको बिमानस्थल नै कुर्नुपर्ने बाध्यता हट्नेछ ।

राजमार्गहरुको प्रगति भने खासै सन्तोषजनक छैन । मध्य पहाडी लोकमार्ग ४२ प्रतिशत काम सकिएको छ भने हुलाकी लोकमार्गको ४३ प्रतिशत ।

समयमै ठेक्का हुन नसक्ने , आयोजनाभित्र पर्ने बिजुलीका पोल हटाउन समयमै
हटाउन नसकिने र जग्गा टुंगो नलाग्ने जस्ता कारणले राष्ट्रिय गौरबका आयोजनाहरुको प्रगति सन्तोषजनक नदेखिएको हो ।

रेलवे तथा मेट्रो विकास आयोजना को प्रगति २० प्रतिशत भएको छ । आर्थिक वर्ष ०६२÷०६३ मा सुरु सिक्टाको अहिलेसम्म प्रगति ६० प्रतिशत छ ।