२ राउण्ड सर्टगनको गोली सहित पक्राउ

Dec 7th, 2019

कास्की, २१ मंसिर

पोखरा महानगरपालिका १९ लामाचौरबाट सर्टगनको गोली २ राउण्ड सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पर्वत जलजला गाउँपालिका १ धाईरिङ बस्ने ३१ वर्षीय होम बहादुर पुन र कास्की पोखरा महानगरपालिका २ अर्चलबोट बस्ने ३४ वर्षीय नबिन पुन रहेका छन् ।

उक्त स्थानमा ग.१२ प ५३२३ नम्बरको स्कुटर दुर्घटना भएको भन्ने खबर प्राप्त हुनासाथ तत्काल प्रहरी टोली खटिई गई उद्दार गर्ने क्रममा शंका लागि जाँच गर्दा स्कुटरमा सवार उनीहरुको साथबाट उक्त गोली फेला परेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।