• गृहपृष्ठ
  • आफ्नै बुबाआमालाई खुर्पा प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

आफ्नै बुबाआमालाई खुर्पा प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

Dec 7th, 2019

रुपन्देही, २१ मंसिर

आफ्नै बुवा ७० वर्षीय राम नारायण यादव र आमा ६५ वर्षीया ठगन्ना यादवलाई धारिलो हतियार खुर्पा प्रहार गरी हत्या गरेको अभियोगमा ओमसतिया गाउँपालिका ४ सानो बालापुर बस्ने ३० वर्षीय गोरख यादवलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

घरायसी विवादको कारण गोरखले खुर्पा प्रहार गर्दा बुवा राम नारायणको घटनास्थलमै मृत्यु भएको तथा गम्भीर घाइते भएकी आमा ठगन्नाको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै खुर्पा प्रहारबाट घाइते भएका उनकै दाजु ५० वर्षीय जोगेन्द्र यादवको सोही अस्पतालमा उपचार भइरहेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।