नक्कली नेपाली नोट सहित पक्राउ

Dec 7th, 2019

काठमाडौं, मंसिर २१

काठमाडौं महानगरपालिका १६ माछापोखरी चोकबाट १ हजार दरका ६ थान नक्कली नेपाली नोट सहित धादिङ रुभिभ्याली गाउँपालिका ५ घर भएका २४ वर्षीय काजी तामाङलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले शंकास्पद रुपमा हिँडीरहेका तामाङलाई जाँच गर्ने क्रममा उक्त नक्कली रुपैयाँ फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।