• गृहपृष्ठ
  • लुकाई छिपाई लैजान लागेको भारतीय रुपैयाँ सहित चार जना पक्राउ

लुकाई छिपाई लैजान लागेको भारतीय रुपैयाँ सहित चार जना पक्राउ

Dec 7th, 2019

सिरहा, मंसिर २१

लहानबाट ठाडीतर्फ लुकाई छिपाई लैजान लागेको भारतीय ५ लाख २९ हजार रुपैयाँ तथा नेपाली ४९ हजार रुपैयाँ सहित ४ जनालाई भगवानुर गाउँपालिका १ स्थित सडकबाट शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सिरहा कर्जन्हा नगरपालिका ९ चमारटोल बस्ने ३२ वर्षीय उमेश कुमार महरा, लहान नगरपालिका १९ कटाहा बस्ने २९ वर्षीय जिवछ कुमार साह, लहान नगरपालिका २० हरीनगरा बस्ने ४० वर्षीय श्रीदेव महतो र सुनसरी रामधोनी नगरपालिका ९ बस्ने ३९ वर्षीय श्रवण कुमार चौधरी रहेका छन् ।

ईलाका प्रहरी कार्यालय लहान र अस्थायी प्रहरी पोष्ट भगवानपुरबाट संयुक्त रुपमा खटिएको प्रहरीले लहानबाट ठाडीतर्फ जाँदै गरेको डब्लुबि ०६ एफ ७२३२ नम्बरको कार जाँच गर्ने क्रममा कारमा सवार उमेश कुमारको साथबाट भारतीय ४ लाख रुपैयाँ, जिवछ कुमारको साथबाट भारतीय १ लाख २९ हजार रुपैयाँ र श्रीदेव महतोको साथबाट नेपाली ४९ हजार रुपैयाँ फेला पारी कारका चालक श्रवण कुमार चौधरी समेतलाई पक्राउ गरेको हो ।

पक्राउ परेका चारै जनालाई बरामद रकम तथा कारसहित आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरी पठाइएको ईलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।