• गृहपृष्ठ
  • जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

Dec 7th, 2019

बारा, मंसिर २१

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी जितपुर सिमरा उपमहानगरपालिका १९ बस्ने आर्यन भन्ने २१ वर्षीय संदिप शर्मालाई बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

२०७६ असोज २३ गते राति १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरी फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय सिमरा बाराबाट खटिएको प्रहरी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।