neapl investment mega bank
  • गृहपृष्ठ
  • सरकारी कागज किर्ते मुद्दाका फरार प्रतिवादी पक्राउ

सरकारी कागज किर्ते मुद्दाका फरार प्रतिवादी पक्राउ

Dec 7th, 2019

बारा, मंसिर २१

सरकारी कागज किर्ते मुद्दाका फरार प्रतिवादी निजगढ नगरपालिका ४ बस्ने २९ वर्षीय सुरज लामालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत बाराको २०७२ भदौ ९ गतेको फैसलाले सरकारी कागज किर्ते मुद्दामा ११ महिना ४ दिन कैद र ५० रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय निजगढ बाराबाट खटिएको प्रहरीले लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

लामालाई जिल्ला अदालत बारामा प्रस्तुत गरिएकोमा अदालतको आदेशले कैद भुक्तानीको लागि कारागार वीरगंज पर्सामा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।