neapl investment mega bank
  • गृहपृष्ठ
  • सामाजिक संजाल ईमोको प्रयोग गरी ठगी गरेको अभियोगमा पक्राउ

सामाजिक संजाल ईमोको प्रयोग गरी ठगी गरेको अभियोगमा पक्राउ

Dec 7th, 2019

बारा, मंसिर २१

सामाजिक संजाल ईमोको प्रयोग गरी नगद ५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा पर्सा बहुदरमाई नगरपालिका ८ बस्ने मुकेश साह तेलीलाई बिहीबार इलाका प्रहरी कार्यालय सिमरा बाराबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।

तेलीले बारा जितपुर सिमरा उपमहानगरपालिका १५ की एक महिलालाई उक्त समाजिक संजालनमार्फत २५ लाख रुपैयाँ लट्रि चिठा परेको र सरकारी राजश्व वापत अग्रिम केही रकम जम्मा गर्नुपर्छ भनि प्रलोभनमा पारी पटक पटक उक्त रकम ठगी गरेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । तेलीलाई ठगी मुद्दामा आवश्यक अनुसन्धान भइरहेको छ ।